कार्कीखोलाले बगाएका विनोद बम्जनको शव राप्ती खोलामा फेला

साझाकुरा
२०८२ भाद्र ९, सोमबार ११:१७

हेटौंडा-मकवानपुरगढी गाउँपालिका–२ तल्लोछापका २५ वर्षीय विनोद बम्जन कार्कीखोलाले बगाएको दुई दिनपछि मृतअवस्थामा फेला परेका छन् । भदौ ६ गते दिउँसो ३ः३० बजे बम्जन गढी–७ सुकौरा तल्लोछापस्थित पसलबाट घर फर्कने क्रममा कार्की खोलामा हालिएको ह्युमपाइप तर्दै गर्दा आकस्मिकरुपमा खोलाको बहाव बढेपछि बगाएको थियो ।

उनको खोजतलास जारी राखेको प्रहरीटोलीले भदौ ८ गते दिउँसो १ः४० बजे मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्तीखोलाको बगरमा बम्जनको शव फेलापारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवलाई प्रहरीले उठाएर आवश्यक मुचुल्का कार्य सम्पन्न गरी हेटौंडा अस्पतालको शवगृहमा राखिएको हो । अस्पतालमा पुगेकी मृतककी बहिनी सम्झना बम्जनले दाजुको बाँया कान सानो भएको आधारमा सनाखत गरेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*