टिभिएसप्रति बढ्दो आकर्षण, विशेष एक्सचेञ्ज शुक्रबारसम्म

साझाकुरा
२०८२ भाद्र १३, शुक्रबार ११:०७

हेटौंडा- हेटौंडामा टिभिएसको मोटरसाइकल र स्कुटरप्रति ग्राहकको आकर्षण बढेको छ । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले हेटौंडा अटोमार्टसँगको समन्वयमा हेटौंडामा सञ्चालन भइरहेको विशेष एक्सचेञ्ज म्यानियामा ग्राहकको आकर्षण बढेको हो । आईतबारदेखि हेटौंडाको कफिबार अगाडि सञ्चालन भइरहेको विशेष एक्सचेञ्ज म्यानियामा लक्ष्य अनुसार सवारीसाधनको खरिद बिक्री भइरहेको हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए । उनले विशेष एक्सचेञ्ज म्यानिया असोज १३ गते शुक्रबारसम्म सञ्चालन हुने बताए । एक्सचेन्ज म्यानियामा सबैभन्दा बढी एन्टर्क स्कुटरको बिक्री भएको त्यसपछि अपाचे (१६०), सिसि र रोनिन (२२५ सिसि) प्रति ग्राहकको आकर्षण रहेको बरुवालले बताए ।

एक्सचेन्ज म्यानियामा जुनसुकै कम्पनीको पुरानो मोटरसाइकलसँग टिभिएसको मोटरसाइकल र स्कुटर एक्सचेञ्ज गर्न सकिने जगदम्बाले जनाएको छ । एक्सचेञ्ज म्यानियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मूल्यांकन र १० हजार थप मूल्यांकन सहित मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तिमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुबिधा रहेको हेटौंडा अटो मार्टले जनाएको छ । विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रम अन्तरगत मोटरसाइकल वा स्कुटर खरिद गर्नेलाई हेलमेट, बाइक कभर, ल्यापटप ब्याग निशुल्क उपलब्ध गराइनुका साथै सवारीसाधनको लाईफटाईम वारेन्टीको ब्यवस्था रहेका हेटौंडा अटोमार्टका अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए ।

टिभिएसको विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रममा केही नयाँ मोडलहरु सार्वजनिक हुँदैंछन् । जसअन्तरगत रोनिन अनलिमिटेड मोर्डन, मिडनाइट ब्लु रंगको मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । जसको मूल्य ४ लाख ५९ हजार ९०० रहेको हेटौंडा अटोमार्टले जनाएको छ । यसैगरी एन्टर्क स्कुटर दुई नयाँ रंगमा उपलब्ध रहेको अटोमार्टले जनाएको छ । फिरोजी नीलो (समुन्द्री नीलो) र नार्डो खैरो रंगमा उपलब्ध स्कुटरको मूल्य २ लाख ८२ हजार ९०० रहेको छ ।त्यस्तै ६० किलोमिटर माइलेज भएको जुपिटर ११० सिसिको स्कुटर पनि एक्सचेन्ज क्याम्पमै उपलब्ध हुने अटो मार्टले जनाएको छ । जसको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ रहेको टिभिएसले जनाएको छ । टिभिएसले ग्राहकहरुको सहजताको लागि नागरिकताको प्रमाणपत्र र लाइसेन्सको आधारमा सरल किस्ताबन्दी सुविधा उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*