राज्यका निकायसँग नझुकी र नजुधी पत्रकारिता गर्नुपर्नेमा जोड
हेटौंडा- पछिल्लो समयमा मकवानपुरको पत्रकारिता क्षेत्रमा चुनौती थपिदै गएकोमा सञ्चारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।शनिबार पत्रकार महासंघ मकवानपुरको कार्यसमिति, महासंघका पूर्वअध्यक्ष, पत्रकार आबद्ध संगठनका अध्यक्षबीच भएको छलफल कार्यक्रममा पत्रकारहरुले चिन्ता व्यक्त गरेका हुन् । सञ्चारक्षेत्रलाई राज्यको चौथो अ· भनिएपनि व्यवहारमा भने नदेखिएको उनीहरुले बताएका छन् । राज्यको प्रशासनिक निकायमा सहजै समाचार संकलनको वातावरण नबनेको उनीहरुले बताएका छन् । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष भानुभक्त आचार्यले विगतको तुलनामा सञ्चारक्षेत्रमा अहिले धेरै अवसर रहेपनि चुनौती पनि उत्तिकै रहेको बताए । जिल्ला प्रशासनलगायत सरकारी निकायमा समाचार संकलनको सहज वातावरण नभएको उनले बताए ।
पछिल्लो समय सञ्चारकर्मीहरुमा अल्छीपना देखिएको आचार्यको भनाई छ । समाचार कपी पेस्ट गर्ने परिपार्टीलाई भने अन्त्य गर्नुपर्नेमा पूर्वअध्यक्ष आचार्यले जोड दिए । उनले सदस्यता नवीकरणमा महासंघले स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए । आफ्नो सदस्यता नरहँदा पनि आपूmलाई पत्रकारिता गर्न कसैले रोक्न नसक्ने उनको भनाई छ । त्यसैगरी महासंघका पूर्वअध्यक्ष राममणि दाहालले राज्यका विभिन्न तहमा बसेका नेतृत्वनै सञ्चारकर्मीलाई नकारात्मक नजरले हेर्ने गरेको बताए । बिना प्रसंग सञ्चारकर्मीलाई गाली गर्ने गरेको उनले बताए ।
महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईले सञ्चारकर्मी कै गतिविधिको कारण सञ्चारकर्मी माथि प्रश्न उठेको जिकिर गरे । निष्पक्ष ढंगले पत्रकारिता गर्न उनले सुझाव दिए । आपूmले विगतमा २ महिना मात्र नपुग्दा महासंघको सदस्यता नपाएको स्मरण गर्दै मापदण्ड पूरा भएकालाई मात्र सदस्यता दिनुपर्ने उनले बताए । पार्टीगत आस्थाको आधारमा सदस्य दिन नहुने उनले बताए । यसैगरी वरिष्ठ पत्रकार एवम् महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले पञ्चायतकालदेखि नै सञ्चारकर्मी माथि चुनौती रहेको बताए ।
चुनौतीको सामना गर्दै अवसरको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । प्रशासनिक निकायसँग जुध्न र झुक्न पनि नहुने उनको भनाई छ । विष्टले सामाजिक सञ्जालको कारण सञ्चारक्षेत्रमा चुनौती थपिएको बताए । नियत सफा भए सदस्यता नवीकरण र वितरणमा समस्या नआउने उनको भनाई छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहाल, प्रेस युनियनका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टरका अध्यक्ष एमपी शर्मा, समाजवादी प्रेस संगठनका अध्यक्ष गोविन्द न्यौपाने लगायत महासंघका पदाधिकारी र कार्यसमिति सदस्यले आफ्नो धारणा राखेका थिए ।







