गाँजासहित तीनजना पक्राउ

साझाकुरा
२०८२ भाद्र १६, सोमबार ११:१८

हेटौंडा-मकवानपुर प्रहरीले २६ किलो १० ग्राम लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरीचौकी बसामाडी, मकवानपुरबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिका–१ बस्ने ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तान रहेका छन् ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको बसामाडी चौकी अगाडि चेकजाँच गर्ने क्रममा नेवारपानीतर्फबाट हेटौंडातर्फ आइरहेको बा.प्र.०६–००१ ज ०५०३ नम्बरको यात्रुबाहक इभी गाडीमा तीन जना सवार थिए । शंका लागेपछि प्रहरीले उनीहरुको रितपूर्वक खानतलासी गर्दा बोकेको झोलाभित्र लुकाइछिपाइ ल्याइएको २६ किलो १० ग्राम गाँजा फेला परेको हो । बरामद गरिएको लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*