सडकबालकबाट घरमालिक
हेटौंडा, १८ भदौ÷ २०६८ सालमा सडकबालकको रुपमा हेटौंडाबाट उद्दार गरिएका राजु अधिकारीले मामाघर नेपालको संरक्षणमा रहेर नयाँ जीवन पाएका छन् ।आफ्नै कमाई र मामाघर नेपालको सहयोगले राजुले हेटौंडा–११, डाङडुङेमा करिब ५० लाख लगानीमा घर गरिद गरेका छन् । हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले राजुलाई बुधबार गृहप्रवेश गराएकी हुन् । नेपालमा अनेक दुःख झेलेका राजुले बैदेशिक रोजगारीका क्रममा कतारमा काम गरेर आफ्नो जीवनलाई परिवर्तन गर्ने प्रयास गरेका थिए ।
गृहप्रवेशपछि उनले आफ्नो सपना पूरा भएको बताए । १० धुर जग्गामा बनेको ४ कोठे घरमा उनी आफ्नी श्रीमतीसहित प्रवेश गरेका थिए । मामाघर नेपालको संरक्षणका लागि अभिभावकत्व लिएको उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा अक्षयकोष सञ्चालनका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । हाल मामाघर नेपालमा २४ जना अनाथ तथा असहाय बालबालिकाले आश्रय लिइरहेका छन् ।







