नेपाल भारत बिश्वमैत्री संघ मकवानपुर संयोजक शर्राफ पदमुक्त
हेटौंडा-नेपाल भारत बिश्वमैत्री संघले मकवानपुर संयोजक निप्पु शर्राफलाई पदमुक्त गरेको छ । संघले मंगलबार एक पत्रमार्फत् शर्राफलाई पदमुक्त गरेको हो । संघको केन्द्रबाट दिइएका जिम्मेवारी अनुसार जिल्ला कार्यसमितिलाई पूर्णता दिन असक्षम भएकोे र संस्थाको हितबिपरित कार्य गरेकोले शर्राफलाई संघको विधानअनुसार पदमुक्त गरिएको महासचिव किरणराज रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
हेटौंडाको होटल अनमोल, होटल सूर्यांशका सञ्चालक शर्राफ लायन्स क्लव अफ हेल्पडेस्का अध्यक्ष, होटल तथा पर्यटन ब्यवसायी संघ बागमती प्रदेश उपाध्यक्ष समेत हुन् । शर्राफ २ वर्ष अघि २०८० भदौ १८ गते संघको मकवानपुर संयोजक चयन भएका थिए ।







