बकैयामा करेन्ट लागेर एकजनाको मृत्यु

साझाकुरा
२०८२ भाद्र २०, शुक्रबार ११:५८

हेटौंडा-मकवानपुरको बकैयामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबारदिउँसो बकैया गाउँपालिका–३ हात्तिसुँडे जीतदमार बस्ने अन्दाजी २४ बर्षीय बिजय थिङको करेन्ट लागेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।मृतक थिङ बुबा लालबहादुर थिङसँगै घर नजिकै ट्याँउट्याँउ खोलामा माछा मार्न जादा खोलानजिकै रहेको विद्युतको तारबाट हुक लगाई माछा मार्ने क्रममा करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायवउपरीक्षक श्यामु अर्यालले जनाएका छन् । करेन्ट लागेर बिरामी भई उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*