कैलाशलाई सरसफाई सामग्री सहयोग
हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकालाई सरसफाई तथा स्वच्छता सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको बाल विकास कार्यक्रम नेपालले गाउँपालिकालाई सामग्री हस्तान्तरण गरेको हो । विहीबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई संस्थाका कार्यक्रम संयोजक दिलबहादुर गोलले सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री प्राप्त गरेसँगै गाउँपालिका अध्यक्ष मुक्तानले धन्यवाद व्यक्त गर्दै सामग्री वडातहमा रहेका वडा कार्यालय, स्वास्थ्यसंस्था, विद्यालयमा पठाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
संस्थाले ट्वाईलेट सफा गर्ने ब्रस ८५ थान, हार्पिक (५ लिटर) ३० ग्यालिन, फिनेल (५ लिटर) ३१ ग्यालिन, ट्वाईलेटमा प्रयोग हुने कपुर ३९ किलो, डस्टविन सानो एक सयथान, डस्टविन सय लिटरको १० थान, डस्टविन ८० लिटरको १० थान, डस्टविन ७० लिटरको २२ थान प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक गोलेले बताए । हस्तान्तरण कार्यमा अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेल, प्रशासनप्रमुख रामचन्द्र शिवाकोटी, जिन्सी शाखाप्रमुख लक्ष्मण खतिवडा, स्वास्थ्य शाखाका अहेव नागेन्द्रकुमार यादव, संस्थाका कार्यक्रमसंयोजक गोलेलगायतको उपस्थिति रहेको थियो ।







