१० देखि १८ वर्ष उमेर समूहलक्षित सचेतनामूलक कार्यक्रम
हेटौंडा- समाजमा बढ्दो लागूऔषध र मदिराको प्रयोगले बालबालिकामा पर्न सक्ने गम्भीर असरप्रति सचेतना प्रदान गर्ने उद्देश्यले सिविन बाल हेल्पलाइनले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ को वडा कार्यालय र वडास्तरीय बालसञ्जालको समन्वयमा आइतबार सचेतनामूलक कार्यक्रम गरिएको हो । लागूऔषध र मदिराको प्रयोगविरुद्धको सचेतनात्मक कार्यक्रम टोलटोलसम्म पु¥याउने उद्देश्यले १० देखि १८ वर्ष उमेर समूहका बालबालिकालक्षित गरी कार्यक्रम आयोजना गरिएको सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले बताए । प्रबन्धक ज्ञवालीले लागूऔषध र मदिराको सेवनले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा पार्ने नकारात्मक प्रभावबारे प्रस्तुतीकरण दिएका थिए ।
उनले लागूऔषध र मदिराको दुव्र्यसनबाट कसरी बच्ने, बालबालिकाको आफ्नो कर्तव्य र दायित्व केके हुन्, महिला तथा बालअधिकारका महत्वपूर्ण पक्ष र समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा जानकारी गराए । टोलस्तरीय बालसञ्जालको वार्षिक कार्यदिशा र यसको प्रभावकारी कार्यान्वयनको आवश्यकतामा पनि जोड दिए । सचेतनामूलक अभियान केवल एक दिनको कार्यक्रम नभई, यसलाई निरन्तरता दिदै प्रत्येक टोलमा पु¥याउने लक्ष्य राखिएको प्रबन्धक ज्ञवालीले बताए ।
कार्यक्रमको प्रमुखअतिथि हेटौंडा उपमहानगरपालिका–८ का वडाअध्यक्ष रामकृष्ण थापाले यस्ता सचेतनामूलक कार्यक्रम घरघरसम्म पु¥याउनुपर्नेमा जोड दिए । बालबालिकालाई लागूऔषध तथा मदिराको दुव्र्यसनबाट जोगाउन स्थानीय निकाय, विद्यालय, अभिभावक र स्वयं बालबालिका सचेत हुन आवश्यक रहेको बताइएको छ । वडा बालसञ्जालकी अध्यक्ष सुप्रिया मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका बालकल्याणअधिकारी विना थिङ लगायतको उपस्थिति थियो ।







