बालबालिका राष्ट्रका उज्ज्वल भविष्यः प्रदेशप्रमुख देवकोटा

साझाकुरा
२०८२ भाद्र ३०, सोमबार ११:५७

हेटौंडा- बागमती प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताएका छन् । आइतबार ६१ औँ राष्ट्रिय बालदिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रदेशप्रमुख देवकोटाले यस्तो बताएका हुन् । ‘उनीहरुको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो’ उनले सन्देशमा भनेका छन् । यसवर्षको ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराको साथ आज आइतबार दिवस मनाइदै छ । स्वस्थ र गुणस्तरीय शिक्षा, पोषण र सुरक्षित वातावरणमा गरिने लगानीले मात्र बालबालिकाको चौतर्फी विकास हुने र जिम्मेवार तथा सक्षम नागरिक बन्न सक्ने उनले सन्देशमा उल्लेख गरेका छन् ।

नेपालको संविधानले बालबालिकाका हक र अधिकारलाई सुनिश्चित गरेको छ । हरेक बालबालिकाले बालमैत्री समाजमा निर्धक्क भएर हाँस्न, खेल्न र आफ्नो सपना पूरा गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो, यो पूरा गर्न जिम्मेवार बनिदिनु हामी सबैको कर्तव्य पनि हो । बालबालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा, शोषण, दुव्र्यवहार र बालश्रमको अन्त्य गर्न सबैको हातेमालो आवश्यक भएको उनले उल्लेख गरका छन् । ‘विशेष दिनमा हामी सबैले हरेक बालबालिकाको मुस्कानको संरक्षण गर्ने र उनीहरुको उज्ज्वल भविष्यका लागि सँगै काम गर्ने प्रण गरौं’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*