बुद्धचोकमा श्रद्धाञ्जली सहित दीपप्रज्वलन

साझाकुरा
२०८२ भाद्र ३१, मंगलवार १२:२७

हेटौंडा-जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा हेटौंडाको बुद्धचोकमा सोमबार साँझ श्रद्धाञ्जलिसहित दीपप्रज्वलन गरिएको छ ।गैरसरकारी संस्था महासंघ (गैसस) बागमती प्रदेश तथा जिल्ला समिति, नेपाल पत्रकार महासंघ बागमती प्रदेश तथा जिल्ला समिति, नेपाल बार एशोसिएसन, सामुदायिक वन उपभोक्ता महासंघ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र जनजाति महासंघको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले दीपप्रज्वलन गर्दै एक मिनेट मौनधारण गरी दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले देशका विभिन्न स्थानमा भएको आन्दोलनले ठूलो क्षति पु¥याएको स्मरण गर्दै त्यस
क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि प्रकट गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*