मकवानपुरमा २२५ क्याप्सुल ट्रामाडोलसहित युवक पक्राउ
हेटौंडा- मकवानपुर प्रहरीले २ सय २५ क्याप्सुल लागूऔषध ट्रामाडोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११, थानाभ¥याङ सिमलटार क्षेत्रमा बस्ने २३ वर्षीय अजय रिजाल रहेका छन् । भदौ २९ गते राति हेटौंडा उपमहानगरपालिका–११, थानाभ¥याङ सिमलटारक्षेत्रमा लागूऔषध कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीटोलीले रिजाललाई खानतलासी गर्दा प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रहरीले बरामद गरेको २२५ क्याप्सुलसहित रिजाललाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।







