ध्वस्त संरचनाको नगरप्रमुख लामाद्वारा निरीक्षण : खरानीबाट उठेर संरचनागत विकासमा लाग्ने

साझाकुरा
२०८२ आश्विन ३, शुक्रबार १०:४५

हेटौंडा-भदौ २४ गते जेनजी आन्दोलनबाट सृजित घटनापछि ध्वस्त बनेको हेटौंडा उपमहानगरपालिका कार्यालयको नगरप्रमुख मीनाकुमारी लामाले निरीक्षण गरेकी छिन् ।निरीक्षणपछि उनले उपमहानगरको प्रभावित सेवाप्रवाहलाई तत्काल व्यवस्थित र जनउत्तरदायी बनाउन कर्मचारी प्रशासनलाई निर्देशन दिइन् । प्रमुख लामाले कर्मचारीलाई ‘खरानीबाट उठेर संरचनागत विकासमा लाग्न’ आग्रह गरिन् । उपमहानगरपालिका विभिन्न शाखा, महाशाखाको निरीक्षण गर्दै कर्मचारीलाई विगतका घटनाबाट पाठ सिक्दै जनताप्रति थप उत्तरदायी बन्न र सेवाप्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन आग्रह गरिन् । आगलागीबाट ध्वस्त बनेको उपमहानगरले केही कक्षको सरसफाई गरी सोमबारदेखि आंशिक सेवाप्रदान गरिरहेको छ ।

फर्निचरलगायत आवश्यक मर्मतकार्य पनि थालिएको छ । आगजनी तथा तोडफोडका कारण राजस्व शाखा, जिन्सी शाखा, योजना शाखा, न्यायिक समितिको कार्यालय, स्वास्थ्य शाखा, सूचनाप्रविधि शाखा, नगरप्रमुख तथा उपप्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्णरुपमा ध्वस्त भएको छ । प्रदर्शनकारीले उपमहानगर परिसरमा रहेका २४ वटा दुईपांग्रे सवारीसाधन, ११ वटा हलुका सवारीसाधन, जेसिबी, टिपर र निजी अटो लगायतमा पूर्णरुपमा क्षति पु¥याएका थिए । क्षतिको विवरण संकलन गर्न सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको नेतृत्वमा समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*