घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

साझाकुरा
२०८२ आश्विन ११, शनिबार ११:४८

हेटौंडा- सामाजिक अभियन्ता संगीता वाईबाको अगुवाइमा हेटौंडा–१४ निवासी बाबुलान घलान परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोगगरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा वाईबाले संकलित रकम र खाद्यान्न हस्तान्तरण गरेका हुन् । दुईदिने सामाजिक सञ्जाल अभियानमार्फत् ३२ हजार ५ सय ६५ रुपैयाँ संकलन भएको थियो । योमध्ये १४ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न र १७ हजार ७ सय ६५ रुपैयाँ नगद घलान परिवारलाई प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर रहेका बाबुलान घलानको खुट्टा भाँचिएर रड हालिएको छ । उनकी पत्नी सानुमाया थिङ विगत दुई वर्षदेखि प्यारालाइसिसका कारण अपा· अवस्थामा छन् । उनको एक हात र खुट्टा काम नगर्ने अवस्थामा छ ।

परिवारमा एक छोरा पनि रहेका छन् । सहयोग कार्यक्रममा वाईबाले घलान परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा उपचार खर्चका लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाइन् । वाईबाले यसअघि पनि यस्तै अभियानमार्फत् विपन्न परिवारलाई सहयोग गर्दै आइरहेकी छिन् । सहयोग कार्यक्रम हेटौंडा–१४ भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार मोक्तान, उज्यालो टोल विकासका सचिव नवराज थिङ, तामाङ कलाकार संघ मकवानपुरकी उपाध्यक्ष माया घलानलगायतको रोहबरमा सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*