जिएस निकेतनमा सांस्कृतिक कार्यक्रमको आयोजना

साझाकुरा
२०८२ आश्विन ११, शनिबार १२:०१

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–५ स्थित ज्ञानदीप शिक्षा निकेतनले नेपालीको महान् पर्व विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेका वर्ष झैं यसवर्ष पनि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा देउसीभैलो, गायन, नृत्य र उद्घोषण जस्ता विभिन्न विधामा विद्यार्थीबीच प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई माघ १८ गते हुने अभिभावक दिवसको अवसरमा पुरस्कृत गरिने विद्यालयका सहायक प्रिन्सिपल दीपक गौतमले जानकारी दिए । प्रतियोगिताको निर्णायक मण्डलमा गायनतर्फ सागर तिमल्सिना र देवेन्द्र मरिक यादव, देउसीभैलोतर्फ सुमार्गी हुमागाईं र गोपाल खतिवडा, नृत्यतर्फ विजय स्याङ्तान र कञ्चन तितुङ, तथा उद्घोषणतर्फ नीनकुमार मल्ल र नवीन मिश्र रहेका थिए ।

विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछानेको सभाध्यक्षतमा सम्पन्न कार्यक्रममा ज्ञानदीप बहुउद्देश्यीय सहकारी लिमिटेडका अध्यक्ष क्रिषिराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*