ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

साझाकुरा
२०८२ कार्तिक १२, मंगलवार १२:४९

हेटौंडा-मकवानपुरको मनहरी गाउँपालिकामा भारतीय ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो । मृत्यु हुनेमा स्कुटरचालक सिन्धुपालचोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन् ।

उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ भने घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पु¥याइए पनि उनलाई चिकित्सकले मृतघोषणा गरेको प्रहरीले जनाएको छ । सरस्वती र प्रवीनको भने चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको र प्रवीनको अवस्था भने सामान्य रहेको बताइएको छ । ठक्कर दिने ग्यास बुलेट र चालक भारत बिहार घरभएका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*