पालुङको प्रहरीप्रमुखमा बज्राचार्यको स्वागत, अर्यालको बिदाई

साझाकुरा
२०८२ कार्तिक १५, शुक्रबार ११:३५

हेटौंडा-ईलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक रुक्सा बज्राचार्य आएकी छिन् । पालुङका प्रहरीनिरीक्षक सविनबाबु अर्याल भने नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल गुल्म १ मा सरुवा भएका छन् । अर्याल २०८१ भदौ १७ गते नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय विपद व्यवस्थापन जर्गाह पश्चिम नवलपरासीबाट सरुवा भई आएका थिए ।

थाहा नगरपालिकाले सरुवा भएका प्रहरी निरीक्षक अर्याललाई बिदाइ गरेको छ । कार्यक्रममा नगरप्रमुख बिष्णु बिष्टले बिदाई हुँदै गरेका निरीक्षक अर्यालको सहकार्य र समन्वय र उनले पु¥याएको योगदानको कदर गर्दै आगामी दिनको सफलताको शुभकामना दिए ।कार्यक्रममा पालिकाले मायाको चिनो प्रदान गरेको थियो । थाहानगरका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललगायतका उपस्थिति रहेको थियो । दुवैको असोज २९ गते सरुवा भएको हो । उनीहरुसहित नेपाल प्रहरीका ६६५ जना प्रहरीनिरीक्षकको एकसाथ सरुवा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*