मैनटारमा संचालित खानेपानी योजना बोर्डमा हस्तान्तरण

साझाकुरा
२०८२ कार्तिक १८, सोमबार ११:५३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१ मैनटारमा संचालित खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ ।आइतबार एक कार्यक्रम बीच खानेपानी योजना बोर्डमा हस्तान्तरण भएको हो । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ । खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको यो सत्रौ उपभोक्ता समिति हो । हेटौंडा उपमहानरउपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण कार्यक्रममा हेटौंडा वडा नं. १ का वडाअध्यक्ष सविन न्यौपाने, हेटौडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, वडासदस्य रामकृष्ण अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा र इन्जिनियर विपिनराज वाग्लेको आतिथ्यता एवम् खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर सुनारको सभाअध्यक्षतामा सम्पन्न भएको हो ।

बागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयअन्तर्गत रहेको खानेपानी तथा सरसफाई डिभिजन नं. १, हेटौंडा, मकवानपुरबाट करिब १ करोड १० लाख रुपैयाँको लगानी र उपभोक्ताको लागतसहभागिता गरी १ करोड ४० लाखको लागतमा निर्मित १ लाख लिटर क्षमताको पानी टंकी, समवेल, करिब ५ किमि पाइपलाइन सहितका पूर्वाधार एवम् हालसम्म जडान भई पानी संचालनमा रहेको ६९ वटा धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको हो । कार्यक्रममा उपभोक्ता समितिका सचिव बैकुण्ठ पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रम संचालन गर्नुका साथै वडासदस्य रामकृष्ण अधिकारीले आयोजनाको बारेमा विस्तृत जानकारी दिए ।

कार्यक्रममा स्थानीय खानेपानी उपभोक्ताबाट राखिएको जिज्ञासाको सहजिकरण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले प्रस्ट पारेका थिए । कार्यक्रममा स्थानीय खानेपानी उपभोक्ता, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारी, वडा नं. १ मैनटार तथा लालझाडी क्षेत्रका सामाजिक व्यक्तिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*