सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरको रिक्त पदलाई लिएर विवाद

साझाकुरा
२०८२ कार्तिक १८, सोमबार ११:५८

हेटौंडा- सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरको रिक्त पदलाई लिएर लायन्स इन्टरनेसनल नेपाल शाखा, डिस्ट्रिक्ट ३२५ एस, आन्तरिक विवादमापरेको छ । भदौ १५ गते निर्वाचित भएका जेपी यादवले आइतबार पत्रकार सम्मेलन गर्दै आधिकारिक रुपमा आफू नै सेकेन्ड भाइस गभर्नर भएको दाबी गरेका छन् । सुदर्शन अधिकारीको निधनपछि रिक्त भएको पदमा गत आफू विधि र प्रक्रिया अनुसार निर्वाचित भएको उनको दाबी छ । निर्वाचित भएको प्रमाणपत्र पाइसकेको अवस्थामा सोही पदमा अर्कै व्यक्तिको घोषणा आफूहरुलाई मान्य नहुने उनले बताए । डिस्ट्रिक्ट गभर्नर लायन विनय बस्नेतले निर्वाचनमा प्रक्रिया नपुगेको भन्दै मान्यता नदिएपछि विवाद सुरु भएको हो ।

बस्नेतले भदौ १५ गतेसम्म निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको तर, सोही मितिमा सम्पन्न निर्वाचनको मान्यता भने नदिएको यादव पक्षको आरोप रहको छ । यस विषयमा यादवले उच्चअदालत पाटनमा रिट दायर गरेका छन् । अदालतले कार्तिक ११ गते आदेश जारी गर्दै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको थियो । कार्तिक १४ गते दुबै पक्षलाई छलफलमा बोलाएकोमा सोही दिन विपक्षीले पुनः निर्वाचन गरी अंकिता सुमार्गीलाई सेकेन्ड भाइस गभर्नर पदमा निर्वाचित गरेकोप्रति यादवले असन्तुष्टिजनाए । एकपटक विधिपूर्वकसम्पन्न भएको निर्वाचनलाई पुनः अस्वीकार गरी अर्को निर्वाचनगराउने प्रयास लायन्सको गरिमा र अनुशासनमाथि ठाडो प्रहार भएको यादवको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*