जेसीज सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका कार्यक्रम तय

साझाकुरा
२०८२ कार्तिक १८, सोमबार १२:००

हेटौंडा- विगत वर्षको झैँ यसवर्ष पनि हेटौंडा जेसीजले जेसीज सप्ताहको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबारदेखि सुरुहुने वर्ष २०२५ को जेसीज सप्ताहमारक्तदानदेखि खाद्यान्न वितरणसम्मका कार्यक्रम तय गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा जेसीजका अध्यक्ष पंकजदास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म आयोजना हुने विभिन्न कार्यक्रमका बारेमा जानकारी दिएका छन् । सप्ताहको पहिलो दिन, कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ ।

सोहीदिन बिहान ८ः३० बजे स्लो बाइक प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष दासले जानकारी दिए । कात्तिक १९ गते बिहान ७ बजे अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता हुनेछ भने दिउँसो दुईबजे भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यस्तै, कात्तिक २० गते विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता जेसीज सचिवालयमा आयोजना हुनेछ । जसमा कक्षा १० सम्मका विद्यार्थीले सहभागिता जनाउनेछन् ।

कात्तिक २१ गते मकवानपुरगढी–६, गुरदाङमा अतिविपन्न एक परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने कार्यक्रम तय गरिएको छ । सप्ताहको अन्तिम दिन, कात्तिक २२ गते समापन कार्यक्रम आयोजना हुनेछ । सो अवसरमा उत्कृष्ट सदस्य तथा उत्कृष्ट कार्यक्रम संयोजकलाई अवार्ड वितरण गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*