मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. पौडेल नियुक्त

साझाकुरा
२०८२ कार्तिक २०, बुधबार १२:४०

हेटौंडा-मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छिन् । प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सहप्राध्यापकमा कार्यरत उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार नियुक्त गरिएको हो । उनलाई ऐनको दफा २१ बमोजिम डिनमा नियुक्त गरिएको हो ।नियुक्तिसँगै डा. पौडेलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्ने छिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि(पीएचडी) उपाधि हासिल गरेकी हुन् । मातृ तथा बालस्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय छिन् ।

प्रतिष्ठानमा नर्सिङ विभागको प्रमुख रहँदा उनले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको पाठ्यक्रम विकास र नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । २० वर्ष नर्सिङ सेवामा कार्यरत डा. पौडेलले १७ वर्ष शैक्षिक (एकेडेमिक) क्षेत्रमा काम गरेको अनुभव छ । उनले प्रतिष्ठानको नर्सिङ विभागको विभागीय प्रमुखको रुपमा ३ वर्ष ६ महिनादेखि काम गर्दै आएकी छिन् भने त्यसअघि मनमोहन इस्टिच्युसट अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज भरतपुरमा काम गरिसकेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*