क्याम्पस प्रमुखलाई ८ बुँदे माग सहित ज्ञापनपत्र

साझाकुरा
२०८२ कार्तिक २१, बिहीबार १३:०१

हेटौंडा-अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । बुधवार अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका अध्यक्ष नितेश भण्डारीको नेतृत्वमा क्याम्पसप्रमुख बालकृष्ण शर्मालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा विषयगत विषयमा देखिएको समस्यालाई तत्काल हल गरी विषयसँग सम्बन्धित सक्षम शिक्षक मात्र नियुक्त गर्नुपर्ने, प्रत्येक कक्षाकोठालाई प्रविधिमैत्री बनाउनको लागि डिजिटल (स्मार्ट) बोर्डको व्यवस्था गर्नुपर्ने, ईलाइब्रेरीलाइ व्यवस्थितरुपले संचालन गर्नुपर्ने र गत भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनको क्रममा यस क्यामपसमा अराजक गतिविधि गरी स्ववियु कार्यालय तोडफोडमा संलग्न व्यक्तिलाइ छानबीन गरी यथाशीघ्र कारबाही गर्नुपर्ने ८ बुदें मागरहेको क्याम्पस कमिटी अध्यक्ष भण्डारीले बताए ।

ज्ञापनपत्र बुझाउने कार्याक्रममा अनेरास्ववियु जिल्ला कमिटी संयोजक नवराज पौडेल, जिल्ला सचिवालय सदस्य एवम् हेटौंडा क्याम्पस स्ववियु उपाध्यक्ष भरतमोहन देवकोटा, जिल्ला सचिवालय सदस्य विद्यान आचार्य, नगर सहसंयोजक रिजन जिसि, हेटौंडा क्याम्पस कमिटी सचिव निकेस सापकोटा, कमिटी सहसचिव सन्दीप घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*