उद्योग वाणिज्य संघ र सहकारी अस्पतालबीच स्वास्थ्यउपचार सम्झौता

साझाकुरा
२०८२ कार्तिक २१, बिहीबार १३:०६

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्यउपचार सम्झौता गरिएको छ ।सम्झौताअनुसार मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध सदस्य, सल्लाहकार, तिनका परिवारका सदस्य र कर्मचारीले औषधिदेखि बेडचार्जसम्म छुट पाउने भएका छन् । बुधबार संघको सभाहलमा आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रमोदसिंह रानाभाट र अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार संघमा आवद्ध सदस्यमध्ये उपचार गर्न आउने नवीकृत सदस्य, सल्लाहकार तथा संघका कर्मचारी र तीनका परिवारका सदस्यलाई अस्पतालले औषधिमा १० प्रतिशत र उपचारको हकमा बिरामी भर्ना भई उपचार गर्नु परेमा बेड चार्ज र ईन्भेष्टिगेशनमा २० प्रतिसत बिरामीको अप्रेशनमा १० प्रतिशत र ईमर्जेन्सी सेवामा १० प्रतिशत छुट प्रदान गर्नेछ । तर, विशेषज्ञ ओपिडि सेवामा सहुलियत रहने छैन ।

उपचार सेवा प्राप्त गर्न संघले आफ्ना नवीकृत सदस्य, सल्लाहकार तथा कर्मचारीको अभिलेख अस्पताललाई ईमेलमार्फत् पठाउन पर्नेछ । अस्पतालले ईमेलमा सलग्न सदस्य तथा कर्मचारी र तीनका परिवारका सदस्यलाई मात्र उल्लेखित छुट सुविधा प्रदान गर्नेछ । साथसाथै उपचार सुविधा प्राप्त गर्न अनिवार्यरुपमा संघको परिचयपत्र पेश गर्नुपर्नेछ । परिवारका सदस्यको हकमा नाताप्रमाणित गर्ने सरकारी कागजात थप पेश गर्नुपर्नेछ । यो सम्झौता २०८४ आषाढ मसान्तसम्म कायम रहने छ । संघका अध्यक्ष रानाभाटले यस सम्झौताले उद्योगीव्यवसायी तथा उनीहरुको परिवारलाई स्वास्थ्यउपचारमा राहत दिलाउने बताए । अस्पतालका अध्यक्ष दाहालले उद्योगीव्यवसायी समुदायका लागि स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*