भाषा दिवसको अवसरमा २४ गते बागमतीमा सार्वजनिक बिदा

साझाकुरा
२०८३ बैशाख २३, बुधबार १४:०३

हेटौंडा- बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिइने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो ।गत चैत २३ गते प्रकाशित सूचनाबमोजिम वैशाख २४ गते बिहीबार प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । यो दिन प्रदेशभर सार्वजनिक संस्था तथा शिक्षण संस्था बन्द हुनेछन् । बागमती सरकारले २०८० वैशाख २४ गते प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै यो दिनलाई भाषा दिवस मनाउँदै आएको ।

यसमा तपाइको मत

Your email address will not be published.


*