यात्रुमाथि जबरजस्ती र अभद्र व्यवहार गर्ने चारजना पक्राउ

साझाकुरा
२०८२ कार्तिक २२, शुक्रबार १५:५१

हेटौंडा- यात्रुलाई जबरजस्ती सवारीसाधनमा चढाउने क्रममा दुःख र हैरानी दिने चारजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा यात्रुलाई जबरजस्ती झोला तानेर र हात समातेर सवारी साधनमा चढाउने प्रयास गर्ने समूहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा बाराको कोल्वी नगरपालिका–२ का २३ वर्षीय रोहनकुमार भुजेल, हेटौंडा उपमहानगरपालिका–१० का १९ वर्षीय सुरज कुमार, हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सुशान्त तामाङ र वडा नं. ११ का ३५ वर्षीय जीवन थोकर रहेका छन् ।

उनीहरुले यात्रुको इच्छाविपरीत सवारीसाधनमा चढाउने, तिनका झोला र सामान तानेर अभद्र व्यवहार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यो कार्यले यात्रुलाई अनावश्यक दुःख, असुविधा र डर उत्पन्न गराएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनास्थलमा खटिएको प्रहरीचौकी बसपार्कको टोलीले चारैजनालाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी कसुरमा आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*