हाजिरीजवाफमा भुटनदेवी मावि पहिलो

साझाकुरा
२०८२ कार्तिक २२, शुक्रबार १५:५२

हेटौंडा-जेसीआई हेटौंडाले ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत पाँचौं कार्यक्रमकारुपमा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । सन् २००५ का शाखाअध्यक्ष देवेन्द्रध्वज कार्कीकी दिवंगत आमाको स्मृतिमा आयोजित कार्यक्रम हेटौंडा–९ स्थित जेसीआई हेटौंडाको सचिवालयमा सम्पन्न गरिएको हो । कार्यक्रममा मकवानपुरका विभिन्न १५ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिस्पर्धामार्फत् भुटनदेवी माध्यमिक विद्यालय पहिलो, तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भए । विजेतालाई क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार सहित प्रमाणपत्र तथा मेडल प्रदान गरिएको जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजयकुमार न्यौपानेले जानकारी दिए ।

सन् २०२५ का शाखाअध्यक्ष पंकजदास बानियाँको सभाअध्यक्षतामा सम्पन्न हाजिरी जवाफ कार्यक्रमको संयोजक विवेक फुँयाल तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरी प्रमुखअतिथिका रुपमा उपस्थित रहेका थिए ।सन् २०२५ को जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमूल कार्यक्रम संयोजक किरण आले रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*