बाघको आक्रमणबाट २ वटा बाख्रा मरे

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार ११:५०

हेटौंडा-मकवानपुरगढी गाउँपालिका–५, नयाँगाउँमा बाघको आक्रमणबाट २ वटा बाख्रा मरेका छन् । शनिबार बिहान ८ बजेर ४० मिनेटको समयमा स्थानीय तखतबहादुर लुङ्वाको घरनजिकै रहेको बड्किचौर जंगलमा चरिरहेका बाख्रामध्ये २ वटा बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको र सम्बन्धित वन कार्यालयका कर्मचारीसँग समन्वय गरी मुचुल्काकार्य भइरहेको छ । मकवानपुरगढी गाउँपालिकामा केही समयदेखि बाख्रा, गाई, कुकुरलाई जंगली जनावरले आक्रमण गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*