पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार १२:२०

हेटौंडा- हेटौंडा–२ सिद्वार्थपथमा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य एवम् संस्थाका शेयरसदस्य हिमाल पौडेलको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारण सभामा संस्था अध्यक्ष श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव डा. गोपीराम बन्जाराले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णभद्र चौलागाईले आर्थिक प्रतिवेदन, लेखासंयोजक चन्द्रावती पनेरुले लेखासमितिको प्रतिवेदन र सहसचिव रेनु गुरुङले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुतगरेका थिए ।

साधारणसभामा असल बचतकर्ता श्यामबहादुर महत, तुलसी बलामी, असल कारोवारी झम्कमाया सिलवाल ज्ञानेन्द्र मोक्तान, ज्येष्ठशेयरसदस्य सीतादेवी दुलाल, सञ्चारकर्मी सुरेश श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । यसैगरी संस्थाका ब्यवस्थापक विश्वराज अर्याल र कर्मचारी सरिला गुरुङ, उत्कृष्ट विद्यार्थी मनिक तिमल्सिनालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । साधारणसभामा संस्थाका पूर्वअध्यक्ष विष्णुप्रसाद अधिकारी, ॐआरोग्य सहकारीका अध्यक्ष एवम् संस्थाका शेयरसदस्य विके महर्जन, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् शेयरसदस्य उदय बिडारी, कानूनी सल्लाहकार केशव प्रसाद गौतमलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाको शेयरपूँजी १ करोड ३९ लाख, निक्षेप ६ करोड ८२ लाख, ऋण लगानी ४ करोड ९७ लाख र जगेडा कोष १ करोड ३ लाख रहेको संस्थाले जनाएकोछ । संस्थामा ९ सय ८० जना शेयरसदस्य रहेका छन् । केही समय अघि चार वटा सहकारी मर्ज भएर पञ्चरत्न नामाकरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*