कुखुरा संघमा सापकोटाको नेतृत्व

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार १२:२३

हेटौंडा- मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्षमा गोविन्द सापकोटा सर्वसम्मत चयन भएका छन् ।शनिबार भएको संघको १९ औं वार्षिक साधारणसभा एवम् छैठौं अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा श्यामसुन्दर परियार, प्रथम उपाध्यक्षमा रविन ढकाल, द्वितीय उपाध्यक्षमा लिलामणि थापामगर, महासचिवमा प्रभाकर पुडासैनी, सचिवमा गीतादत्त लुइँटेल र कोषाध्यक्षमा विकेश खत्रीक्षेत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुनप्रसाद सापकोटा, रामप्रसाद बिडारी, सीताराम दंगाल, मोहन थापा, राजेन्द्रप्रसाद पुडासैनी, सूर्यबहादुर पाख्रिन, सविन सापकोटा र रामेश्वर गोपाली रहेका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

त्यसअघि हेटौंडा उपमहा नगरउपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम् संघका निवर्तमान अध्यक्ष राजेन्द्र मैनालीको सभाध्यक्षतामा उद्घाटनसत्र सम्पन्न भएको हो । उपप्रमुख बानियाँले खुल्ला सीमानाको कारण हेटौंडाका व्यवसायीलाई समस्या परेको बताएका छन् । उनले व्यवसायीलाई जुन प्रायोजनको लागि ऋण लिएको, त्यही व्यवसायमा लगानी गर्न आग्रह गरे । व्यवसायीसँगको सरसल्लाहमै उपमहानगरले नीति बनाउने उनले आश्वासन दिए । उपप्रमुख बानियाँले स्थानीय सरकार जनताको घरआँगनकै सरकार भएकोले व्यवसायीको पिरमर्कामा सधै साथमा रहने बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास महाशाखा प्रमुख डा.रामप्रकाश प्रधान, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, उपाध्यक्ष राजु अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, कुुखुरा व्यवसायी संघका पूर्वअध्यक्ष गोकुलनाथ पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*