क्यान मकवानपुरको अध्यक्षमा खतिवडा
हेटौंडा-कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) मकवानपुर जिल्ला शाखाको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । हेटौंडास्थित बनरस्वण्डी मन्दिर सभाहलमा सम्पन्न सभाबाट ई.श्रीराज खतिवडा जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभामा जिल्ला शाखाका पदाधिकारी, सदस्यहरु, सूचना प्रविधि व्यवसायी, विज्ञ तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा क्यान महासंघका केन्द्रीय प्रतिनिधि तथा कार्यवाहक अध्यक्ष सुजना श्रेष्ठ प्रमुखअतिथि रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष खतिवडाले आफ्नो कार्यकालमा मकवानपुरमा सूचनाप्रविधिको पहुँच विस्तार, डिजिटल साक्षरता अभिवृद्धि र इगर्भरमेन्स प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । क्यान महासंघ मकवानपुर शाखाले विगतका वर्षमा विभिन्न सूचनाप्रविधि मेला, तालिम र स्थानीय तहमा आईसिटी प्रवद्र्धनका अभियान सञ्चालन गर्दै आएको छ । नयाँ नेतृत्वले ती कार्यलाई अझ सुदृढ र व्यवस्थितरुपमा अघि बढाउने अपेक्षा गरिएको छ ।







