नारायणी यातायातमा प्रजिअको स्वागत

साझाकुरा
२०८२ कार्तिक २५, सोमबार १३:३८

हेटौंडा- मकवानपुरमा भर्खरै सरुवा भई कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई नारायणी यातायात ब्यवसायी संघले संघको कार्यकक्षमा स्वागत गरेको छ । संघका अध्यक्ष हीरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ अधिकारीले हेटौंडा बजारको अब्यवस्थित पार्किङ प्रणालीलाई तत्काल ब्यवस्थित गरी फुटपाथ खाली गर्ने कार्य जरुरी भएको बताए । बजारक्षेत्रका साघुँरा सडकबाटै पैदलयात्रु हिड्दा दुर्घटनाको जोखिम बढेको छ ।

फुटपाथमा ब्यवसायीले सामान राख्दा पैदलयात्रुलाई समस्या भइरहेको छ । उद्योग वाणिज्य संघ, यातायात ब्यवसायी तथा स्थानीय प्रशासनबीच समन्वय गरी फुटपाथ खाली गरिने प्रजिअ अधिकारीले बताए ।संघका अध्यक्ष श्रेष्ठले यातायात ब्यवसायीले बिगतका दिनदेखि भोग्नु परेको समस्याबारे प्रजिअ अधिकारीसमक्ष राखेकाथिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख बच्चुराम फँुयाल, संघका निवर्तमान अध्यक्ष बद्री चौलागाई, उपाध्यक्ष किरण कटुवाल, संघका कर्मचारी, यातायात ब्यवसायीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*