मोटरसाइकलको ठक्करबाट घलानको ज्यान गयो
हेटौंडा- कवानपुरको बकैया–३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार साझँ धरान–चतरा सडकखण्डअन्तर्गत बकैया गाउँपालिका–३ हात्तिसुँडेमा हेटौंडावाट फापरबारी तर्फ जाँदै गरेको बा ५८ प ३३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हात्तिसुँडे बस्ने ७१ बर्षीय जेष्ठनागरिक खडकबहादुर घलानको ज्यान गएको मकवानपुर प्रहरीप्रवक्ता प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन् ।
ठक्करबाट गम्भीर घाइते घलानको उपचारको क्रममा हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा ज्यान गएको जनाइएको छ । दुर्घटनामा मोटरसाइकल चालक बकैया–७ का देवराज विक र मोटरसाइकलमा सवार बागमती–६ का २० वर्षीय देवराज धानुकी समेत घाइते रहेका छन् । प्रहरीको निगरानीमा उपचार भइ डिस्चार्ज भएको र मोटरसाइकल चालक र मोटरसाइकल हात्तिसुँडे प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।







