शिवम् सिमेन्टले ति¥यो पहिलो किस्ता

साझाकुरा
२०८२ कार्तिक २७, बुधबार १२:०२

हेटौंडा- डेडिकेटेड र ट्रंकलाइन विद्युत उपयोगको प्रिमियम महसुल विवादमा रहेको शिवम् सिमेन्टले बक्यौता बापत निर्धारित पहिलो किस्ताको रकम भुक्तान गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि मकवानपुरको हेटौंडामा रहेको उद्योगमा विद्युत् लाइन पनि जडान भइसकेको जनाइएको छ । प्राधिकरणले गत असोज १२ गतेको सूचना बमोजिम बक्यौताको किस्ता तिर्ननआएको भन्दै यही कात्तिक ४ गते यो उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिदिएको थियो ।

शिवम्ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । शिवम्को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्ले दुई करोड ३८ लाख रुपैयाँ बराबरको पहिलो किस्ता बुझाएको प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*