प्रजिअद्वारा सियान पुनस्र्थापना केन्द्रको अनुगमन
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–९ लामसुरेमा रहेको सियान पुनस्र्थापना केन्द्रको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी सहितको टोलीले अनुगमन गरेको छ ।मकवानपुरका प्रजिअ अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सुबासचन्द्र बोहोरा, र राष्ट्रिय अनुसन्धान मकवानपुरका प्रमुख हेमन्त चौधरीले सिआन पुनस्र्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टरको अनुगमन गरेका हुन् । मकवानपुर जिल्लाको पहिलो महिला सुधारगृह र पुरुषका लागि राखिएको सुधारगृह व्यबस्थित रहेको पाइएको प्रजिअ अधिकारीले बताए । पुनस्र्थापना केन्द्रमा रहेका पुरुष र महिलाका लागि जिम हल, स्वीमिङ, तरकारी उत्पादनलगायत क्षेत्रमा महत्वपूर्ण काम भएको उनले बताए । सुधारका काम अझै गर्न बाँकी रहेपनि अन्यत्र भन्दा यस पुनस्र्थापना केन्द्र थप व्यवस्थित रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रजिअ अधिकारीले सिआन पुनस्र्थापना केन्द्रले मकवानपुर जिल्लामा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनस्र्थापना क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बोहोराले लागुऔषध समस्या समाधानका लागि प्रहरी प्रशासन र पुनस्र्थापना केन्द्रबीच सहकार्य अनिवार्य रहेको बताए । कार्यक्रममा सिआन पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्रीले हाल केन्द्रले सेवा सञ्चालनका क्रममा भोगिरहेका चुनौतीबारे सरोकारवालाको ध्यानाकर्षण गराए । अहिले सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनस्र्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सकने बताए ।







