हेटौंडा उपमहानगरपालिकालार्ई तीन सिटर सहयोग

साझाकुरा
२०८२ कार्तिक २९, शुक्रबार १०:४०

हेटौंडा-हेटौंडा ईन्फिल्डर्स मकवानपुरले हेटौंडा उपमहानगरपालिकालार्ई दुई थान तीन सिटर सहयोग गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा हेटौंडा उपमहानगरपालिकामा आगजनी हुँदा कार्यालयका सामग्री र संरचनामा क्षति पुगेको थियो । मंगलबार ईन्फिल्डर्सका अध्यक्ष राजक शाहीको नेतृत्वमा पुगेको टोलीले सामग्री हेटौंडा उपमहानगरका जिन्सी शाखाप्रमुख श्यामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा अध्यक्ष शाहीले सहयोगले कार्यालयको कामकाज सहज हुने र समुदायमा सहयोग र सहकार्यको भावना बढाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकारलाई ईन्फिल्डर्सले सहयोग गर्ने बताए । यस्तै जिन्सी शाखाप्रमुख श्रेष्ठले यो सहयोगले आगजनीका कारण भएको क्षति पूर्ति गर्न ठूलो सहयोग पु¥याउने बताए । कार्यक्रममा हेटौंडा ईन्फिल्डर्सका प्रतिनिधिको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*