८ हजार ३ सय क्याप्सुल ट्रामाडोल सहित ५ जना पक्राउ

साझाकुरा
२०८२ कार्तिक २९, शुक्रबार ११:०२

हेटौंडा- हेटौंडा–५ सानोपोखराबाट मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ । ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घरभएका १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई बसिरहेको अवस्थामा पक्राउ गरी खानतलासी गर्दा खाली जग्गामा बिक्रीवितरणका लागि लुकाइछिपाइ राखिएको अवस्थामा यो परिमाणको लागूऔषध ट्रामाडोल ट्याब्लेट फेला पारेको उनले बताए । उनीहरुबाट ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद लागूऔषध र सवारीसाधनसहित पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागूऔषध सम्बन्धी कसुरमा म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*