पिप्ले युवा क्लबलाई ५० हजार सहयोग
हेटौंडा- पिप्ले युवा क्लबलाई ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । सहिद स्मारक ‘सी’ डिभिजन क्वालिफायर्स–२०८२ खेल्न लागेको क्लबलाई हेटौंडा उपमहानगरपालिका–२ निवासी विक्रम शाहीखड्की र हेटौंडा–५ निवासी सकुल श्रेष्ठबाट सहयोग प्राप्तभएको हो ।नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा काठमाडौंमा हुन लागेको प्रतियोगितामा सहभागिताका लागि क्लबलाई सहयोग आउने क्रम जारी रहेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले जानकारी दिएका छन् । यसअघि काठमाडौंको दियालो फोर्स सेक्युरिटीका सञ्चालक हेटौंडा–५ निवासी प्रकाश पुरी र हेटौंडा–१० निवासी प्रदीप कँडेलले पनि दुई लाख रुपैयाँ सहयोग गरेका थिए ।
पिप्ले युवा क्लबले मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको अध्यक्ष घिमिरेले बताए । प्रतियोगिता आगामी मंसिर ४ गतेदेखि सुरु हँुदैछ । प्रतियोगितामा पिप्ले युवा क्लबसहित देशभरका ४९ वटाको टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले ‘सी’ डिभिजनमा प्रवेश गर्नेछ । मुख्य प्रशिक्षक ज्ञानु क्षेत्रीको प्रक्षिणमा खेलाडीले प्रतियोगिताका लागि तीव्ररुपमा तयारी गरिरहेको पिप्ले युवा क्लबका अध्यक्ष घिमिरेको भनाइ छ ।







