ऋषि ढकालको नेतृत्वमा ग्रिन्डलेज सहकारी संस्था

साझाकुरा
२०८२ मंसिर १, आईतवार ११:०२

हेटौंडा-हेटौंडा–१० स्थित ग्रिन्डलेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा ऋषिकुमार ढकाल चयन भएका छन् । सहकारीको १६ औँ वार्षिक साधारणसभाबाट ढकालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी दास, सचिवमा कृष्णहरि पौडेल तथा कोषाध्यक्षमा मनिषा घलेगुरुङ चयन भएका छन् । यसैगरी सदस्यमा आत्माराम ढकाल, सुमित्रा हुमागाई, सुदेशकुमार श्रेष्ठ, सन्दीपकुमार सापकोटा र उषा ढुंगेल चयन भएका छन् ।

सहकारीको लेखासमिति संयोजकमा सागर सापकोटा तथा सदस्यमा नरेन्द्र अधिकारी र पार्वती आचार्य चयन गरिएको छ । गत भदौ १७ गते सहकारी नियमन प्राधिकरणले जारी गरेको ८ बुँदे निर्देशन अनुसार साधारणसभा सदस्यमैत्री र सदस्य केन्द्रितढंगले आयोजना गरिएको सहकारीका अध्यक्ष महेन्द्र इटेनीले बताए । साधारणसभा संस्थाका शेयर सदस्यको मात्र उपस्थितिमा सम्पन्न भएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*