ज्ञानदीपमा ‘सुनौलो बिहानी समूह’ पुनर्गठन

साझाकुरा
२०८२ मंसिर १, आईतवार ११:०६

हेटौंडा- हेटौंडा–५ भैरवरोडस्थित ज्ञानदीप शिक्षा (जीएस) निकेतन माविको बालसाहित्य समिति ‘सुनौलो बिहानी समूह’ पुनर्गठन गरिएको छ ।पुनर्गठित ५१ सदस्यीय समितिमा कक्षा–९ की छात्रा राशिका खनाल अध्यक्ष, कक्षा–९ की छात्रा स्मृति सापकोटा र कक्षा–८ का छात्र प्रबिद दंगाल उपाध्यक्ष, कक्षा–८ की छात्रा परिधि सापकोटा सचिव, कक्षा–८ का छात्र आयुशिष घिमिरे सहसचिव, कक्षा–७ की छात्रा रुबस पराजुली कोषाध्यक्ष र कक्षा–६ का छात्र भियान चौलागाईँ सहकोषाध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । कक्षा ६–९ का साहित्यमा रुचिराख्ने अन्य विद्यार्थी सदस्य रहनेगरी ५१ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचनाअधिकारी दीपक गौतमले जानकारी दिए ।

समूहले स्थापनाकालदेखि बालबालिकालाई साहित्यका विविध विधामा सिर्जनात्मक लेखन, पत्रिका प्रकाशन, पुरस्कार÷सम्मानसम्बन्धी गतिविधि गर्दै आएकोमा आगामी दिनमा पठनसंस्कृति प्रवद्र्धनलाई मुख्य केन्द्रमा राखी कार्यक्रम गर्ने योजना रहेको नवनिर्वाचित अध्यक्ष खनालले जानकारी गराइन् । समूह बालसाहित्य प्रवद्र्धनको क्षेत्रमा क्रियाशील संस्था नवसर्जक साहित्य चौतारी नेपालको इकाइ समितिको रुपमा रहने जानकारीसमेत खनालले गराइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*