थाहानगरमा मुटु रोगसम्बन्धी निःशुल्क शिविर सम्पन्न

साझाकुरा
२०८२ मंसिर १, आईतवार ११:०७

हेटौंडा- थाहा नगरपालिकाको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरको सहयोगमा मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।कार्तिक २८ र २९ गते, दुई दिनसम्म पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा मुटु रोग, रक्तचाप, मधुमेह (सुगर) र फिजियोथेरापी जस्ता सेवा निःशुल्क उपलब्ध गराइएको थियो । साथै इसिजी, इको, ब्लड सुगर लेभलतथा दम रोगका लागि पिएफटी परीक्षण र दन्तरोगको पनि निःशुल्क रुपमा गरिएको शिविरमा रोगको प्रकृति अनुसार १५ दिन भन्दा बढिको लागि आवश्यक औषधि निःशुल्क वितरण गरिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान थाहाका संयोजक बिमलकुमार ढकालले जानकारी दिए ।

शिविरमा सिनियर जनरल तथा फिजिसियन प्रा.डा. सुमन कर्माचार्य र मुटुरोग विशेषज्ञ प्रा.डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट) ले परामर्श दिए । शिविरमा ३ सय ७३ जम्मा बिरामीले सेवा लिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार शिविरमा १ सय ५७ जनाको अल्ट्रासाउन्ड गरियो भने ५४ जनाको दातको उपचारका साथै ३ सय ५० जनाको इसिजी,२ सय ५० जनाको पिएफटी र १ सय ५० जनाको इको गरिएको शिविरका सिनियर जनरल तथा फिजिसियन प्राडा कर्माचार्यले बताए । शिविरलाई पालुङ प्राथमिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*