नवयुवा बचतको १७ औं वार्षिक साधारणसभा सम्पन्न
हेटौंडा-हेटौंडा–११ स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।कार्यक्रममा संस्थाका अध्यक्ष पूmलमान श्रेष्ठले अध्यक्षको वार्षिक प्रतिवेदन, सचिव गोविन्द पुडासैनीले प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष खेमराज सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । २ करोड ८१ लाख रुपैयाँ शेयर पुँजीलाई ३ करोड १ लाख पु¥याउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार संस्थाबाट ऋण बीमा कार्यक्रम तथा सदस्य राहतकोष कार्यक्रमका क्रियाकलाप सञ्चालनलाई निरन्तरता गरिनेछ । संस्थाका सदस्यको
छोराछोरीलाई विभिन्न कार्यक्रममार्फत सहकारिताको भावना जगाउनुको साथै भविष्यमा सहकारीको नेतृत्व स्थापित गराउने उद्देश्यले स्कुल स्कुलमा सहकारी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले बताए ।
साधारणसभाको अवसरमा संस्थाले असल ऋणी, नियमित बचत, उत्कृष्ट बालबचत, दैनिक बचत र साधारण बचततर्फ समान ५–५ जना, एकलमहिला, ज्येष्ठनागरिक, पेन्सन बचत र नवयुवा विशेष बचततर्फ समान १–१ जनालाई पुरस्कृत गरेको छ । त्यसैगरी एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । संस्थाको शेयर सदस्य २ हजार १ सय ६४ रहेको छ ।







