बिलबिजक भन्दा फरक सामान लोड गर्ने ट्रक प्रहरीको नियन्त्रणमा
हेटौंडा- मकवानपुर प्रहरीले बिलबिजक भन्दा फरक सामान लोड भएको ट्रकलाई नियन्त्रणमा लिएएको छ ।प्रहरीचौकी भैंसेबाट खटिएको टोलीले भैंसेस्थित चेकपोस्ट अगाडिको सडक खण्डमा नियमित चेकजाँच गर्ने क्रममा प्रदेश २–०३–००१ ख ३०८२ नम्बरको ट्रकलाई शंकालागी चेकजाँच गर्दा बिलबिजक भन्दा फरक सामान बरामद गरेको हो । प्रहरीका अनुसार ट्रक बीरगंजबाट काठमाडौं जाँदै गरेको अवस्थामा रोक्न लगाई चेकजाँच गर्दा बिलबिजकमा उल्लेखित विवरण भन्दा भिन्न सामान भेटिएको थियो ।
शंका लागेपछि ट्रकचालक पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१६ नगवाका ४५ वर्षीय विजय साहलाई तत्काल नियन्त्रणमा लिइएको छ ।अनियमित सामग्री सम्बन्धी प्रारम्भिक तथ्य संकलन गरेपछि चालक साहलाई आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।







