लागूऔषध खैरोहेरोइन सहित एकजना नियन्त्रणमा
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१०, कर्राक्षेत्रबाट खैरोहेरोइनसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोवाइल टोलीले सोही स्थानका ३७ वर्षीय हर्कबहादुर क्षेत्रीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको र उनलाइ नियन्त्रणमा लिइएको हो । पैदल हिँडिरहेको अवस्थामा रोकी गरिएको चेकजाँचमा क्षेत्रीको साथबाट खैरोहेरोइन ७ ग्राम ५४० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक पुस्कर बोगटीले बताए । बरामद सामग्री परीक्षण तथा थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।







