बनेपा–च्याम्राङबेशी–हेटौंडा बस सेवा सुरु

साझाकुरा
२०८२ मंसिर ६, शुक्रबार ११:०१

हेटौंडा- काभ्रेको बनेपाबाट च्याम्राङबेशी हुँदै बागमती प्रदेश राजधानी हेटौंडा आउजाउ गर्ने बस सेवा सुरु भएको छ ।स्थानीयवासीको माग र वडा कार्यालयको सिफारिसपछि सञ्चालनमा आएको क्यू बसले बनेपा, पनौती, ढुड्खर्क, च्याम्राङबेशी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसुँडे, छतिउन, फुर्केचौर हुँदै हेटौंडासम्म नियमित सेवा दिने जनाएको छ । बेथानचोक गाउँपालिका–१ का वडाअध्यक्ष मधुसुधन तिमल्सिनाले काभ्रे पुन्यवती यातायात प्रालि पनौतीलाई पत्र पठाएर बससेवा सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।

वडा अध्यक्ष तिमल्सिनाका अनुसार सुपर बससेवा सञ्चालन भएमा बेथानचोक गाउँपालिका तथा वडावासीलाई प्रदेश राजधानी आवतजावतमा सहज हुनेछ । उनले सम्बन्धित निकायलाई रुट अनुमति लगायतका आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् ।सुपर बससेवा सञ्चालनसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्नुपर्ने स्थानीयवासीलाई ठूलो राहत मिलेको छ । स्थानीयले लामो समयदेखि माग गर्दै आएको आधुनिक र सुरक्षित यातायात सेवा उपलब्ध भएपछि क्षेत्रकै आवतजावत, व्यापार र पहुँचमा सहजता आउने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*