बागमती गाउँपालिका प्रशासकीय भवन निर्माणमा बजेट सुनिश्चित

साझाकुरा
२०८२ मंसिर ७, शनिबार ०९:२७

हेटौंडा-बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभागमार्फत सुनिश्चित भएको छ । गाउँपालिका अध्यक्ष सर्केश घलानको नेतृत्वमा गरिएको तीब्र पहल, निरन्तर समन्वय तथा सहजीकरणका कारण यो महत्वपूर्ण पूर्वाधार निर्माणकार्यले गति पाउन लागेको हो । निर्माण हुन लागेको प्रशासकीय भवन नेपाल सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा करिब १० करोड रुपैयाँको लागतमा बन्नेछ । सेवाप्रवाहको आधारस्तम्भका रुपमा रहने छ ।

यस भवनबाट गाउँपालिकाको सेवा सुविधा, पहुँच, गुणस्तर र संस्थागत क्षमता अझ बलियो हुने अपेक्षा गरिएको छ । विनियोजित बजेटको लक्ष्य र उद्देश्यअनुसार समयमा नै टेण्डर प्रक्रियामा प्रवेश गरी गुणस्तरीय पूर्वाधार निर्माणलाई अघि बढाइने बागमती गाउपालिका अध्यक्ष घलान र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले प्रतिबद्धता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*