मनहरीको मनकामना मन्दिर पुननिर्माण अभियान : मुख्यमन्त्री बानियाँले एक महिनाको तलब दिन

साझाकुरा
२०८२ मंसिर ७, शनिबार ०९:२९

हेटौंडा- मनहरी गाउँपालिका–७ स्थित मनकामना मन्दिरको पुननिर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एक महिनाको तलब योगदान गर्ने घोषणा गरेका छन् ।बालाचतुर्दशी मेलाको अबसरमा दीपप्रज्वलनका लागि आएका मुख्यमन्त्री बानियाँले मन्तब्यमार्फत् १ महिनाको तबल दान गर्ने घोषणा गरेका हुन् । उनले बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत मन्दिर परिसर क्षेत्रमा कामहरु गरिने बताए । एक महिनाको तलबबापत मुख्यमन्त्री तथा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति बानियाँले ७५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको काँग्रेस मनहरीका सभापति प्रकाश बर्ताैलाले जानकारी दिए ।

मनकामना मन्दिर पुननिर्माणका लागि अन्य मन्त्री तथा नेताहरुसँग पनि आर्थिक दान र परियोजना सञ्चालनका लागि सहजीकरण गरिने सभापति बर्ताैलाले बताए । बालाचतुर्दशी मेलाका अबसरमा भक्तजनबाट दान तथा चन्दा संकलन हुँदा रातभरमा ७५ हजार ६ सय ३५ रुपैयाँ संकलन भएको मनकामना सनातन धर्म संरक्षण संस्थाका अध्यक्ष नारायण सुवेदीले बताए । बालाचतुर्दशी मेलामा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बानियाँसहित संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ र सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीसहित जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिले मनकामना मन्दिर परिसरको श्रीबृद्धिका लागि ठूलो टेवा पुग्ने अध्यक्ष सुवेदीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*