संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्याससम्बन्धी परामर्श
हेटौंडा- संसदीय खुलापन, बाह्य पहुँच र प्रादेशिक अभ्याससम्बन्धी परामर्श कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेशसभा तथा युएनडीपीको समन्वयमा गभर्नेन्स इन्टरनेशनल नेपालले शुक्रबार प्रदेशसभा सचिवालयमा कार्यक्रम आयोजना गरेको हो । प्रदेशसभाको उपसभामुख अप्सरा चापागाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपसभामुख चापागाईंले सत्य सूचना र पारदर्शिताले प्रदेशसभालाई थप बलियो बनाउने बताइन् । अपुष्ट तथा गलत सूचनाले अनावश्यक विवाद सिर्जना गर्ने भएकोले सही सूचना पहिचान र यसको जिम्मेवार प्रसारणमा सबै सचेत रहनुपर्ने आवश्यकता उनले औंल्याइन् । उनले सबै नागरिकको सूचनामा पहूँच सुनिश्चित गर्न प्रदेशसभाले भाषा विधेयक पास गरेको बताइन् ।
लिपि निर्माण र भाषा अनुवादकको व्यवस्था गर्न नसक्दा स्थानीय तहसम्मै कानूनको प्रभावकारी कार्यान्वयन गर्न नसकिएको उनको भनाई रहेको छ । प्रदेशसभाले बनाएको कानून कार्यान्वयनको अवस्थाबारे बुझ्दाधेरैले पर्याप्त जानकारी नलिनेगरेको देखिएको उपसभामुख चापागाईले बताइन् ।नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्यसचेतक पुकार महर्जनले सूचना प्रवाह बढ्दै जाँदा प्रदेशसभा थप जिम्मेवार बन्दै जाने उल्लेख गरे ।
अन्य प्रदेशको भन्दा बागमती प्रदेशमा संसदीय गतिविधि बढी पारदर्शी रहेको दाबी गर्दै उनले २०७६ सालमा जारी गरिएको सूचनाको हकसम्बन्धी कानुनले यसमा थप आधार दिएको बताए । एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले विधेयकलाई आमनागरिकसम्म कसरी पु¥याउने भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे । प्रदेशसभा सचिवालयमा दर्ता भएका विधेयकप्रति सांसद स्वयंले पर्याप्त चासो नदेखाउने प्रवृत्ति सुधारिनु पर्ने भन्दै उनले विधेयक दर्ता हुनुअघि नै जनस्तरसम्म छलफल पु¥याउनुपर्नेमा जोडदिए । विशेषतः महिला, ज्येष्ठनागरिक तथा अल्पसंख्यक समुदायलाई प्रत्यक्षरुपमा सहभागिता गराएर छलफल गरिनुपर्र्नेे उनको भनाइ थियो । प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले खुला संसदीय अभ्यासले लोकतन्त्र सुदृढ गर्ने, नागरिकले संसदको गतिविधि निगरानी गर्न सक्षम बनाउने र निर्णय प्रक्रियाप्रति जनविश्वास बढाउने उल्लेख गरेका छन् ।
कार्यक्रममा गभर्नेन्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक सञ्जीव घिमिरेले कार्यपत्र प्रस्तुत गरेको थिए भने बागमती प्रदेशसभा प्रवक्ता मनोज गुप्ताले खुला संसद अभ्यासका विषयमा प्रदेशसभाले गरेका गतिविधिबारे जानकारी दिए । कार्यक्रममा विशेषअधिकार समितिकी सभापति मायादेवी शर्मा, प्रदेशसभा सदस्य कुमारी मोक्तान, समिता खड्गी श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, प्रदेशसभा सचिव रामकुमार पौडेल, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, सञ्चारकर्मी, नागरिक समाज, प्रदेशसभाका कर्मचारीको उपस्थिति रहेको थियो ।







