हातेमालो ‘उत्कृष्ट प्रादेशिक सदस्य’ सम्मानबाट सम्मानित

साझाकुरा
२०८२ मंसिर ९, सोमबार १२:०१

हेटौंडा-राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभामा हेटौंडा–२, स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ‘उत्कृष्ट प्रादेशिक सदस्य’ सम्मान प्रदान गरिएको छ ।बचत तथा ऋण कारोबार गर्ने बागमती प्रदेशका सदस्य संस्थामध्ये सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको उल्लेखनीय योगदानको आधारमा हातेमालोलाई यो सम्मान प्रदान गरिएको संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटाले जानकारी दिइन् । कारोबार पारदर्शिता, समुदायमा आधारित सेवाविस्तार, सामाजिक उत्तरदायित्व र सहकारी सुदृढीकरणमा संस्थाले देखाएको निरन्तर प्रतिबद्धताको उच्च मूल्यांकन गर्दै राष्ट्रिय सहकारी बैंकले प्रशंसापत्र सहित सम्मान गरेको हो ।

सम्मान प्रदान गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सम्मान पुरस्कार कार्यदलका संयोजक विजया धिताल तथा बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले हातेमालो साकोसले प्रदेशका अन्य सहकारीका लागि प्रेरणादायी भूमिका खेलेको उल्लेख गरे । बैंकले आगामी दिनमा समेत हातेमालो साकोसले सहकारीको माध्यमबाट समुदायको आर्थिक, सांस्कृतिक तथा सामाजिक विकासमा अझ प्रभावकारी योगदान गर्ने अपेक्षा व्यक्त गरेको छ । यसअघि पनि हातेमालो बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित कार्यक्रम, वित्तीय पहुँच विस्तार र सामाजिक उत्तरदायित्व प्रवद्र्धनमा सक्रिय रुपमा काम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*