लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत राक्सिराङमा हस्ताक्षर अभियान

साझाकुरा
२०८२ मंसिर ११, बुधबार १०:५६

हेटौंडा- लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा राक्सिराङ गाउँपालिकाले सामूहिक प्रतिबद्धता व्यक्त गर्दै हस्ताक्षर अभियान सम्पन्न गरेको छ । ‘प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा बिरुद्धको अन्त्य गरौं’ भन्ने नारा रहेको अभियानको मंगलबार सामूहिक प्रतिबद्धता तथा हस्ताक्षर गरेको हो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष वनस्तम थि«, प्रमुख प्रशासकीय अधिकृत सन्देश मास्के, वरिष्ठ शाखाअधिकृत गोविन्द अधिकारी, चैनपुर प्रहरीचौकी प्रमुख दीपेन्द्र ढकाल, नगरप्रहरी प्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीको उल्लेखनीय सहभागीता रहेको थियो ।हस्ताक्षर कार्यक्रममा सहभागीले लै·िकहिंसा अन्त्यका लागि सामाजिक, संस्थागत र प्रविधि जन्यस्तरमा जिम्मेवारीपूर्वक क्रियाशील हुने प्रतिबद्धता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*