जेनजी मकवानपुर गठन
हेटौंडा-भदौ २३ र २४ को आन्दोलन र त्यसपछिको परिस्थितिलाई मध्यनजर गर्दै मकवानपुरमा बुधबार जेनजी मकवानपुर गठन भएको छ ।जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा रहेको जेनजी समूहले देशभर समिति बिस्तार गर्दै आएको छ । यहीक्रममा ढुंगानाको सहभागितामा बुधबार मकवानपुरमा समिति चयन गरिएको जेनजी अभियन्ता सुजन दाहालले बताए । ढुंगानासहितको उपस्थितिमा भएको भेलाबाट मकवानपुर संयोजकमा सुविन खत्री चयन भएका हुन् । जेनजी समूहको मकवानपुर सचिवमा नवीन राउत, कोषाध्यक्षमा सुजन दाहाल चयन भएका छन् । जेनजी समूहको भेला बाट ३७ जनालाई सदस्यता चयन गरिएको संयोजक खत्रीले बताए ।







